रास्वपाद्वारा टिखाढुङमा सम्पर्क कार्यालय स्थापना, खर्चिलो निर्वाचन प्रणाली सुधारको माग

रास्वपाद्वारा टिखाढुङमा सम्पर्क कार्यालय स्थापना, खर्चिलो निर्वाचन प्रणाली सुधारको माग

  • Kandara Samachar

  • बिहिबार, माघ ३०, २०८२

  • 11
    SHARES
रास्वपाद्वारा टिखाढुङमा सम्पर्क कार्यालय स्थापना, खर्चिलो निर्वाचन प्रणाली सुधारको माग

धादिङ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेत्रावती डवजोङ गाउँपालिकाको टिखाढुङमा पालिकास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। घरदैलो अभियानमा रहेका धादिङ–२ रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ, जिल्ला उपसभापति गोपाल गुरुङलगायत नेताहरूको उपस्थितिमा उक्त कार्यालय उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय नेता तथा समानुपातिक उम्मेदवार बसुमाया तामाङले भ्रष्टाचार अन्त्य र समृद्ध नेपालको लक्ष्य पूरा गर्न रास्वपा विजयी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बोधनारायण श्रेष्ठले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा सुझाव संकलन गरिरहेको जानकारी दिँदै छोटो समयका कारण सबै स्थानमा पुग्न नसकिएकोमा मतदातासँग समझदारीको आग्रह गरे।

यसैक्रममा निर्वाचन प्रचारप्रसारकै सिलसिलामा खनियाबास गाउँपालिका वडा नम्बर ५, च्युल्पा डाँडामा आयोजित नागरिक संवाद कार्यक्रममा उम्मेदवार श्रेष्ठले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र झन्झटिलो भएको टिप्पणी गर्दै दुर्गम क्षेत्रका नागरिकका लागि मतदान प्रक्रिया आर्थिक तथा भौगोलिक रूपमा चुनौतीपूर्ण बनेको र यसको आमूल सुधार आवश्यक रहेको बताउनुभयो ।

श्रेष्ठका अनुसार रोजगारी र शिक्षाका लागि काठमाडौँलगायत सहरमा बसोबास गरिरहेका रुबीभ्याली, खनियाबास तथा अन्य दुर्गम क्षेत्रका मतदाताहरू मतदानका लागि गाउँ फर्किँदा प्रति व्यक्ति करिब चार हजार रुपैयाँसम्म खर्च हुने गरेको छ, जसले नागरिकमाथि आर्थिक भार थपिएको छ। “आर्थिक वा भौगोलिक कठिनाइका कारण कसैले पनि आफ्नो मताधिकारबाट वञ्चित हुनु हुँदैन,” उहाले भन्नुभयाे ।

श्रेष्ठले दीर्घकालीन समाधानका रूपमा सुरक्षित र विश्वसनीय इ–भोटिङ प्रणाली आवश्यक रहेको बताउनुभयो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar