गैरसरकारी संस्थालाई अनुदान, भेला तथा विकास कार्यक्रम बन्द गरि मतदाता शिक्षामा लाग्न आग्रह

गैरसरकारी संस्थालाई अनुदान, भेला तथा विकास कार्यक्रम बन्द गरि मतदाता शिक्षामा लाग्न आग्रह

  • Kandara Samachar

  • सोमवार, माघ २७, २०८२

  • 29
    SHARES
गैरसरकारी संस्थालाई अनुदान, भेला तथा विकास कार्यक्रम बन्द गरि मतदाता शिक्षामा लाग्न आग्रह
oplus_2

धादिङ
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनकाको आचारसंहिता लागु भएको सन्दर्भमा आचार संहिता पालना गरि मतदाता शिक्षामा केन्द्रीत गैरसरकारी निकायलाई आग्रह गरिएको छ ।
जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको हो ।
संचारकर्मी सहितको उपस्थितिमा भएको छलफल कार्यक्रममा विकास र अधिकारका लागि कार्यरत गैर सरकारी संस्थाहरुले आचारसंहिता बमोजिम सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभयो । गैरसरकारी संस्थाहरुले वितरण गर्ने राहत, अनुदान, विकासका नाममा गर्नेगतिविधि रोकेर मतदाताशिक्षाका लागि लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमित खड्का लगायतका सुरक्षा निकाय प्रमुखहरुको सहभागिता थियो ।
\


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar