नेपाली कम्यूनिष्ट पार्टीको मतदाता भेटघाट गोलाभञ्ज्याङबाट सुरु

नेपाली कम्यूनिष्ट पार्टीको मतदाता भेटघाट गोलाभञ्ज्याङबाट सुरु

  • Kandara Samachar

  • आइतवार, माघ २६, २०८२

  • 32
    SHARES
नेपाली कम्यूनिष्ट पार्टीको मतदाता भेटघाट गोलाभञ्ज्याङबाट सुरु
oplus_2

धादिङ

नेपाली कम्यूनिष्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले मतदाताभेटघाट कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नम्बर १० को गोलाभञ्ज्याङबाट सुरु गर्नुभएको छ ।
भ्रष्टाचार विरुद्ध, शुसासनका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै नेकपा उम्मेदवार भण्डारीले जनताको अवस्था बदल्न आफूले भूमिका खेल्ने बताउनुभयो । मतदाता भेटघाट कार्यक्रमका नेकपा  केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, समानुपातिक उम्मेदवार इन्दिरा ढुंगाना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
२०५५ साल जेठ १९ गते प्रहरीले भण्डारीलाई गोली हानेर घाइते पारिएको स्थानबाट मतदाताभेटघाट सुरु गर्दै सहभागि मतदातालाई सम्बोधन गर्नुभयो ।
भण्डारीलाई गोली हानेर बेहास भएको अवस्थामा मकै गोड्न गएकाहरुले बारीमा भेटेर उद्धार गरेको अनुभव समेत स्थानीयले सो अबसरमा सुनुउनु भएको थियो ।
नेकपाको मतदाताभेटघाट कायृक्रम आइतबार ज्यामरुङको टोलहरु रहने नेकपा जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारीले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar