धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

  • Kandara Samachar

  • शुक्रबार, माघ २४, २०८२

  • 94
    SHARES
धादिङ २ का एमाले उम्मेदवार धनबहादुर घले चैनपुरमा बुढीगण्डकी प्रभावितसंग छलफल

धादिङ
धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घले चैनपुर स्थित बुढी गण्डकी प्रभावितसंग छलफल गर्नुभएको छ ।
बुढी गण्डकी जलासययुक्त १२ सय मेगावाटको जलविद्युत परियोजना निर्माणमा ढिलाई भएको, मुआब्जा पाएपनि नागरिकको पुनरबासको व्यवस्थापन नभएको सम्बन्धमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ७ चैतपुर क्षेत्रका नागरिकले एमाले उम्मेदवारलाई प्रश्न गर्दै जनताको माग सरकारसंग पुर्याउन र समस्या समाधान गर्न आग्रह गरेका थिए ।
एमाले उम्मेदवार घलेले बुढी गण्डकी जलविद्युत परियोजना एमालेमा जलश्रोतमन्त्री तथा उर्जामन्त्री गोकर्ण विष्टहुँदा सुरु गरिएको भन्दै एमालेले सरकार बनाएर परियोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विस्थापितहरुलाई पुनर्वास गराउन र जलविद्युत परियोजना निर्माणका लागि आफूले निर्वाचित भएपछि कार्यान्वयन गराउन सबै किसिमको शक्ति लगाउने बताउनुभयो ।
नागरिकहरुको माग अनुसार प्रतिनिधिसभाले निति र कानून बनाउने बताउँदै गाउँको विकासको सडक, खानेपानी, शिक्षा स्वास्थ्यको नागरिकको पहुँचमा ल्याउने र विकासमा पहल गर्ने बताउनुभयो ।
मतदाता भेटघाटमा ज्वालामूखी गाउँपालिका काउलेडाँडा, सालबास, भदौरे, ढोडेनी लगायतका बस्तीहरु पुगेर मतदातालाई भेटघाटगरि सम्बोध गर्नुभयो । उम्मेदवार घलेसंग नेकपा एमाले केन्दीय सदस्य खेम लोहनी, नेकपा एमाले जिल्ला अध्यक्ष अर्जुन गोर्खाली, उपसचिव भक्त लामीछाने, लगायतका नेताहरु सहभागि रहनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar