धादिङको नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान

धादिङको नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान

  • Kandara Samachar

  • शुक्रबार, माघ २४, २०८२

  • 63
    SHARES
धादिङको नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान
oplus_2

धादिङ
जिल्ला निर्वाचन कार्यालय धादिङले नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान गरेको छ ।
मतदाताहरुलाई सचेत पार्दै मतदान गर्न सघाउने, नयाँ मतदाताले मतदान गर्ने तरिका बारे जानकारी दिँदै निर्वाचन वातावरण तयार गर्न नमुना मतदान गरिएको हो ।
पहिलोपटक मतदानगर्नेहरु सहभागि भएको नमुना मतदानमा निर्वाचन प्रहरीको भूमिका, मतदान कर्मचारीले गर्नुपर्ने काम र सुरक्षाको जिम्मेवारी पुरा गरेर नमूना मतदान गरिएको थियो ।
नमूना मतदान हेर्न स्थानीयबासीको सहभागिता थियो । नमुना मतदानमा मूख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मीहरु, सहभागि हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar