धादिङमा एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली कार्यशाला सम्पन्न

धादिङमा एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली कार्यशाला सम्पन्न

  • Kandara Samachar

  • शुक्रबार, माघ २४, २०८२

  • 66
    SHARES
धादिङमा एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली कार्यशाला सम्पन्न

धादिङ
शिक्षा विकास तथा समन्वय इकाइ, धादिङद्वारा आयोजित एकीकृत शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणाली (IEMIS) सम्बन्धी एकदिने कार्यशाला सोमबार इकाइको सभाहलमा सम्पन्न भएको छ।

इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यशालामा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक तथा इमिस स्रोत शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यशालामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक तथा इमिस फोकल पर्सन नारायण खत्रीले सहजीकरण गर्नुभएको थियो।

कार्यशालामा विद्यालय तहका शैक्षिक तथ्याङ्क संकलन, प्रविष्टि, अद्यावधिक तथा विश्लेषणका विषयमा सहभागीहरूलाई व्यवहारिक जानकारी दिइएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar