धादिङमा मूख्य निर्वाचन कार्यालयकाे सर्वदलीय बैठक

धादिङमा मूख्य निर्वाचन कार्यालयकाे सर्वदलीय बैठक

  • Kandara Samachar

  • आइतवार, माघ ५, २०८२

  • 123
    SHARES
धादिङमा मूख्य निर्वाचन कार्यालयकाे सर्वदलीय बैठक
oplus_2

धादिङ।

मुख्य निर्वाचन कार्यालय धादिङले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सर्वदलीय बैठक गरेको छ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा मनोनयन दर्ता, प्रचार–प्रसार, घरदैलो तथा अन्य गतिविधि सञ्चालन गर्दा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो। उहाँले निर्वाचन खेलमा राजनीतिक दल खेलाडी र निर्वाचन अधिकृत एम्पायरजस्तै भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सबै दललाई संयमित, सभ्य र मर्यादित ढङ्गले निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar