बेनिघाटराेराङमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र विद्यालयलाई हस्तान्तरण

बेनिघाटराेराङमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र विद्यालयलाई हस्तान्तरण

  • Kandara Samachar

  • मङ्लबार, पुस १, २०८२

  • 138
    SHARES
बेनिघाटराेराङमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र विद्यालयलाई हस्तान्तरण
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गाेइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण र राष्ट्रिय माविमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे हस्तान्तरण गरिएकाे छ ।

चाइल्ड फण्ड जापानकाे सहयाेगमा प्रयास नेपालद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियाेजना अन्तरगत गाउँपालिकाकाे समन्वयमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र निर्माण गरि हस्तान्तरण गरिएकाे हाे ।

 

गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको अध्यक्षतामा र बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासाहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा ,वडा सदस्यहरु,लगायतको अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षाको गुणस्तर सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै स्थानीय सरकार शिक्षा क्षेत्रमा यस्ता पहललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, सिर्जनात्मक सोच अभिवृद्धि तथा शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी चाइल्डफण्ड जापानका प्रतिनिधिहरूले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शैक्षिक पूर्वाधार विस्तार गर्नु संस्थाको प्राथमिकता रहेको उल्लेख गर्दै गोइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयले विद्यार्थी, शिक्षक तथा समुदायका लागि ज्ञानको केन्द्रको रूपमा काम गर्ने अपेक्षा गरेकाे छ ।

विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा विद्यार्थीमैत्री फर्निचर, कम्प्युटर तथा उपयुक्त बसाइ व्यवस्थापनको व्यवस्था गरिएको छ। पुस्तकालयमा बालसाहित्य, सन्दर्भ सामग्री, शैक्षिक पुस्तक, कथा, कविता, विज्ञान, गणित, सामाजिक विषय लगायत ३६१ फरक–फरक विधाका जम्मा १, हजार ६१ वटा पुस्तकहरू उपलब्ध रहेकाको छ ।

विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको प्रयास नेपाल धादिङको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका व्यवस्थापक सन्तोष सत्यालले बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक रानाले पुस्तकालय स्थापना भएपछि विद्यालय परिवार अत्यन्तै खुशी भएको बताउनुभयो। उहाँले पुस्तकालयले विद्यार्थीहरूको पठन संस्कृतिको विकास गर्नुका साथै सिकाइ उपलब्धि वृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानाध्यापक रानाका अनुसार यसले विद्यार्थीहरूलाई नियमित अध्ययनतर्फ आकर्षित गर्ने, स्व–अध्ययनको बानी विकास गर्ने तथा समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।

त्यसैगरी प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षामा पहुँच सुनिश्चित गर्नुका साथै विद्यालयको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले पुस्तकालय स्थापना कार्यमा सहयोग पुर्‍याउने चाइल्डफण्ड जापान, स्थानीय सरकार, विद्यालय प्रशासन तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्नु भएको सुचना तथा दस्तावेजिकरण अधिकृत प्रेरणाा बस्नेतले जानकारी दिनु भयो।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवार तथा सहभागीहरूले पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरूको नियमित पठन अभ्यास बढ्ने, शैक्षिक उपलब्धिमा सुधार आउने तथा विद्यालयप्रति विद्यार्थीहरूको आकर्षण अझै बढ्ने अपेक्षा व्यक्त गरेका थिए। सरकारी, गैरसरकारी संस्था तथा समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा दिगो परिवर्तन सम्भव हुने सन्देशसहित कार्यक्रम सम्पन्न भएको सहभागीहरूको धारणा रहेको थियो।

यसैगरि राष्ट्रिय मावि खाेरभञ्ज्याङमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे विद्यालयलाई हस्तान्तरण गरिएकाे छ । गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठले भवनकाे उद्घाटन गर्दै सामुदायिक सिकाइका लागि महत्त्वपूर्ण हुने बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास प्रजाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँ शिक्षा अधिकारी बोधराज पाठक, चाइल्डफण्ड जापानका निर्देशक मासाहिरो, नेपालका लागि कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पा, एरिया म्यानेजर कविराम बाठा मगर, डीएस अफिसर श्रीकान्त लुइटेल, प्रयास नेपाल धादिङका अध्यक्ष वीरबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल तथा सह–सचिव कपिलदेव सापकोटा लगायतकाे आतिथ्य रहेकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar