एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी

एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी

  • Kandara Samachar

  • बिहिबार, मंसिर १२, २०८२

  • 330
    SHARES
एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी
{"remix_data":[],"source_tags":[],"total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false,"used_sources":{"version":1,"sources":[{"id":"298791919241211","type":"ugc"},{"id":"327873633009211","type":"ugc"}]}}

धादिङ ।

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया भईरहेकाे छ ।

यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनाैटका लागि उम्मेदवारी दर्ता भएकाे छ ।

धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाकाे लागि १३ जना र ६ जना खुल्लाकाे लागि २४ जनाकाे उम्मेदवारी परेकाे नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयाे । गल्छी गाउँपालिका कमिटि कार्यालयमा उम्मेदवारी दर्ता भएकाे थियाे ।

यसैगरि धादिङ क्षेत्र नम्बर २ काे उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएकाे छ । ४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाकाे उम्मेदवारी दिएकाे छ ।

जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाकाे उम्मेदवारी परेकाे नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयाे ।

धादिङमाबाट १८ जना प्रतिनिधि छनाैट गर्न ९३ जनाकाे उम्मेदवारी परेकाे छ । एमाले महाधिवेश प्रतिनिधि अन्तिम टुंगाे शनिबारसम्म लगाउने छ । पार्टी सदस्यले मतदान वा आपसि सहमतिबाट छनाैट गरिने याेजना एमाेलेले जनाएकाे छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar