निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड

निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड

  • Kandara Samachar

  • बुधबार, मंसिर ११, २०८२

  • 153
    SHARES
निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड
oplus_1024

धादिङ

पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक

पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ ।

बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे ।

भव्य समाराेहलाई सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्वाचन हुन्छ, निर्वाचन हुनै पर्छ । सम्सद पुनस्थापना विकल्प हाे तर अहिले अवस्थामा निर्वाचन उत्तम विकल्प हाे।”

अर्को एक प्रशंगमा प्रचण्डले प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन।’

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर गर्दै उहाँले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै सङ्ख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताउनुभयो ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको उहाँकाे भनाइ छ ।

बुढीगण्डकी जलविद्युत आयाेजना निर्माणका लागि आफू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बैठक बसेकाे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बुढिगण्डकि बनाउन पहल गर्ने बताउनुभयाे ।

बेनिघाटराेराङ गाउँ पालिका अध्यक्ष कृषणबहादुर थपलिया विवेककाे अध्यक्षतामा भएकाे भवन उद्घाटन समाराेहमा स्वागत गर्दै घेराे फाटेकाे टाेपि र कछाड, चाेलाे र फरिया लाउन सक्ने, दुइछाक खान पुग्ने अवस्थामा गाउँ पालिकाबासीलाइ पुर्याउन लागिरहेकाे बताउनुभयाे ।

कार्यक्रममा सम्बाेधन गर्दै गाउँ पालिका अध्यक्ष थपलियाले एक वडा एक आवासिय विद्यालय बनाउदै पचासवर्षपछिकाे लागि सपना देखेर विकास र समृद्धिका लागि काम गरेकाे बताउनुभयाे ।

३८ काे भव्य भवनबाट गाउँ पालिकाले सेवा संचालन गर्दा नागरिककाे लागि काम गरिरहने अध्यक्ष थपलियले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा पूर्व साम्सदहरु, संघसस्थाका प्रमुखहरु र गाउँ बासीकाे उपस्थिति रहेकाे थियाे ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar