धादिङ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ०८२ मंसिर ९ गतेदेखि औपचारिक रूपमा शुरू भएको छ ।
धादिङबेशीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ लगायतकाे सहकार्यमा प्रभातफेरी र काेणसभा गरि सुरु गरिएकाे हाे ।
‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा र‘ प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा नाराका साथ विभिन्न संघसंस्थाहरुको सहकार्यमा पुच्छारबजारदेखि सिरानबजारसम्म प्रभातफेरी निकालिएको हो ।
अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो ।
प्रभातफेरीपछि सिरअनबजारमा काेणसभालाई सम्बाेधन गर्दै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक रुपमा गरिने हिंसाकाे अन्त्यका लागि स्थानीय सरकारले सचेतना कार्यक्रम गर्ने र पीडितकाे सुरक्षा र संरक्षणका कार्यक्रम गर्ने बताउनुभयाे ।
महिला मानवअधिकार रक्षकहरुकाे राष्ट्रिय संजाल बागमति प्रदेशका अध्यक्ष गायत्री खतिवडाले महिलाको सामाजिक, आर्थिक र राजनीतिक सहभागिता वृद्धि नभएसम्म समावेशी विकास सम्भव नहुने
नहुने बताउदै लैंगिक हिंसा, बालविवाह, घरेलु हिंसा तथा कार्यस्थलमा हुने भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह र समुदायको समन्वित प्रयास अपरिहार्य रहेको बताउनुभयाे ।
“कानुन बनेका छन्, तर कार्यान्वयन कमजोर छ। पीडित सुरक्षित महसुस गर्ने वातावरण बनाउन सबै सरोकारवालाको जिम्मेवारी बराबर छ,” खतिवडाले भन्नुभयाे ।