धादिङमा दुईजना फरार प्रतिवादी पक्राउ

धादिङमा दुईजना फरार प्रतिवादी पक्राउ

  • Kandara Samachar

  • सोमवार, मंसिर ९, २०८२

  • 109
    SHARES
धादिङमा दुईजना फरार प्रतिवादी पक्राउ

धादिङ

अदालतबाट सजाय तोकिएको र कैद तथा जरिवाना तिर्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

लामो समयदेखि अदालतले कैद भुक्तान र जरिवाना रकम असुल गर्न आदेश दिए पनि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले जानकारी दिनुभयाे ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–७ का ३९ वर्षीय कम बहादुर गुरुङ र थाक्रे गाउँपालिका–२ का २७ वर्षीय रामचन्द्र बानियाँ (रामचन्द्र भनिने चन्द्र बानियाँ) रहेका छन्।

कम बहादुर गुरुङ लामाेेे समयदेखि लागूऔषध (गाँजा) सम्बन्धी मुद्दामा अदालतले तोकेको २ वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भुक्तान नगरी फरार रहेका थिए ।

त्यसैगरी रामचन्द्र बानियाँलाई अदालतले तोकेको अभद्र व्यवहार सम्बन्धी जरिवाना रु २ हजार ५०० तिर्नुपरतापनि फरार रहेकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar