पृथ्वी राजमार्ग निर्माणका प्रभावित १ सय ५० लाई सीप सिकाइँदै

पृथ्वी राजमार्ग निर्माणका प्रभावित १ सय ५० लाई सीप सिकाइँदै

  • Kandara Samachar

  • आइतवार, कार्तिक २४, २०८२

  • 281
    SHARES
पृथ्वी राजमार्ग निर्माणका प्रभावित १ सय ५० लाई सीप सिकाइँदै

धादिङ

मुग्लिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सडक विस्तारका क्रममा प्रभावित परिवारका लागि जिविकोपार्जन अन्तरगत पाँचओटा तालिम कास्की जिल्लाको पोखरामा सुरु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष वोध वहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कायृक्रममा ५ ओटा विषयको तालिम सुरु गरिएको हो ।
सहयात्री समाज नेपाल र सिड्स जेभीको आयोजनामा सेवा प्रदायक संस्था पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्युट प्रा.ली तनहुँद्वारा प्रदान गरिने वारिष्टा, मोवाईल मर्मत, व्युटिसियन, कुक, ड्राईभिङ लगायत तालिमको एकीकृत उद्घाटन कार्यक्रम गर्दै वडा अध्यक्ष कार्कीले तालिमले प्रभावित समूदायलाई फाइदा पुग्ने बताउनुभयो ।
सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले जिविकोपार्जन गर्न सघाउ पुर्याउन तालिमले प्रभावित समूदायमा सहयोग पुर्याएको m बताउनुभयो । पाँचओटा तालिममा १ सय ५० जना सहभागि भइ सीप प्राप्त गरेर रोजगारीको अबसरका लागि योग्य हुनेछन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar