एमाले धादिङकाे निर्णय : समाजवादीमा रहेकालाई घर फर्कन आग्रह, जिल्ला कमिटिमा २ जना मनाेनित

एमाले धादिङकाे निर्णय : समाजवादीमा रहेकालाई घर फर्कन आग्रह, जिल्ला कमिटिमा २ जना मनाेनित

  • Kandara Samachar

  • मङ्लबार, कार्तिक १९, २०८२

  • 368
    SHARES
एमाले धादिङकाे निर्णय :  समाजवादीमा रहेकालाई घर फर्कन आग्रह, जिल्ला कमिटिमा २ जना मनाेनित
  • नानु कार्की/ धादिङ

नेकपा एमाले धादिङको सचिवालय बैठकले एक महत्वपूर्ण निर्णयमा पुग्दै नेकपा एकीकतस माजवादी पार्टी छोडेर एमालेमै फर्कन चाहनेहरूलाई स्वागत गर्ने निर्णय गरेको छ ।

नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन आव्हान गरेका छन् ।

हिजो पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई सम्मानका साथ जिम्मेवारी दिने प्रतिवद्धता एमालेले गरेकाे  छ ।

नेकपा एमाले धादिङका केन्द्रीय सदस्य खेम लोहनीकाे प्रमुख आतिथ्यमा भएकाे एमाले सचिवालय बैठकले  समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन र जिम्मेवारी पूर्वक काम गर्न एमालेले आग्रह गरेकाे छ ।

नेकपा एस संगै एमालेमा कम्युनिस्टहरु एकीकृत हुन र कम्युनिस्ट पार्टीको एकताको केन्द्र एमालेलाई बनाएर एमालेमा संगठित हुन सम्पूर्ण कम्युनिस्ट तथा देशभक्तहरुलाई एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले आग्रह गर्नुभएकाे छ ।

यसै बिच नेकपा एमाले धादिङको सचिवालय बैठकले पनि महाधिवेशनको तयारीका लागि छलफल गरेको छ । बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधि चयनको आधार लगायतका विषयमा निर्णय लिने जनाइएको छ ।

यस्तै मंगलबार बसेकाे नेकपा एमाले सचिवालय बैठकले धुवाकाेटका अब्ज नाथ सापकोटा र चैनपुरका हेमराज छत्कुली जिल्ला कमिटीमा मनाेनित गरेकाे छ ।

एमाले सचिवालय बैठक महत्त्वपूर्ण निर्णय गर्दै कात्तिक २२ गते जिल्लाकाे १ सय ४ वडामा बैठक भेलाहरू सम्पन्न गर्ने, २५ गते जिल्लाका १३ पालिकामा जनसभा गर्ने, २९ गते जिल्ला सदरमुकाममा भब्य जनप्रदर्शन गर्ने निर्णय गरेकाे नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभएकाे छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar