दुईमाेटरसाईकल ठाेक्किएर दुर्घटना, एक माेटरसाईकल चालककाे ट्रकले च्यापिएर मृत्यु

दुईमाेटरसाईकल ठाेक्किएर दुर्घटना, एक माेटरसाईकल चालककाे ट्रकले च्यापिएर मृत्यु

  • Kandara Samachar

  • सोमवार, कार्तिक १८, २०८२

  • 625
    SHARES
दुईमाेटरसाईकल ठाेक्किएर दुर्घटना, एक माेटरसाईकल चालककाे ट्रकले च्यापिएर मृत्यु
  • नानू कार्की/ धादिङ ।

धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा माेटरसाइकल एक आपसमा ठाेक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृ्यु भएकाे छ ।

काठमाण्डौबाट महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं. को मोटरसाइकल र गजुरीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २८५२ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा काठमाण्डौबाट चितवन तर्फ आउदै गरेको ना ६ ख ३०१३ नं को ट्रकको अगाडिको दाहिने टाएरमुनि बा ७० प १६५१ नं.को मोटरसाइकल चालक ६० वर्षीय उत्तम अर्यालकाे घटनास्थलमै मृत्यु भएकाेछ ।

माेटरसाइकल चालक थाक्रे गाउँ पालिका वडा नम्बर ६ निवासी अर्याल माेटरसाइकल ठाेक्किएपछि लडेर ग्यास सिलिण्डर बाेकेकाे ट्रकमुनी परेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयाे ।

अर्याल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ धादिङका अध्यक्ष हुनुहुन्छ भने तत्कालीन जिल्ला विकास समितिका सदस्य समेत हुनुहुन्थ्यो ।

दुर्घटनामा गजुरी गाउँपालिका वडा नम्बर .१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाईते भई उपचारको लागी काठमाण्डौतर्फ पठाईएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालक बेनिघाटराेराङ वडा नम्बर ५ निवासी ३५ वर्षीय धनवहादुर परियारलाई प्रहरीले पक्राउ गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar