
धादिङ ।
गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ ।
नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लेखा आयोग अध्यक्ष डा. कँडेलले क्रान्तिबाट प्राप्त गरेको उपलब्धी निमिट्यान्न पार्न पूूँजिवादले पक्षपोषण गरेको आन्दोलनले सम्सद, संबिधान र सरकारको अन्तयगर्न लागेका कारण प्रतिक्रान्ति र प्रतिगमन भएको उल्लेख गर्नुभयो ।
अहिलेको सरकारलाई बुख्याचा को संख्ज्ञा दिँदै लेखा आयोग अध्यक्ष डा. कँडेलले असम्बैधानिक सरकार भएकोले यसले गर्ने सबै काम असम्बैधानिक हुने बताउनुुभयो । नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटि बैठकको निर्णयको हवाला दिँदै नेकपा एमाले सम्सद पुनः स्थापनाको पक्षमा रहेको र यसकै लागि आन्दोलित हुने बताउँदै शुशिला कार्कीले यसअघि यसरी सम्सद विघटन गर्नुु असम्बैधानिक भनेर सर्बोच्च अदालतबाट फैसला गर्नुभएको तथ्या उल्लेख गर्नुृभयो ।
यो सरकारले गठन गरेको छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पहिल्यै निश्कर्ष निकाल्नेकाम गरेको भन्दै यसलाई अमान्य भन्दै एमाले बैठकले सर्बोच्च अदालतका न्यायधिसको अध्यक्षतामा गठन हुने छानविनआयोगमात्र मान्य हुने एमाले बैठकले निर्णय गरेको डा. कँडेलले बताउनुुभयो । एमाले बैठकले भ्रष्टाचारमा छानविन गर्न सरकारलाई खुला चुनौति दिएको बताउँदै एमाले सरकारका पालामा भएका राम्रा कामको प्रचारगर्न र नेतृत्वको संरक्षण गर्न एमाले कार्यकर्तालाई आग्रह गर्नुुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले एमाले राष्ट्रियताको पक्षमा काम गरेको, विकस र समृद्धिका लागि काम गरेका कारण विदेशी षडयन्त्रबाट देश जलाएर केपिओली विरुद्ध लागेको बताउँदै देश र जनताको पक्षमा काम गर्न एमालेलेमात्र सक्ने बताउनुुभयो ।
कार्यक्रममा नेकपा उमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भदौ २३ गते २ बजेपछि जेन्जीको आन्दोलन अपहरण भएपछि देश जलाएको र विदेशीको इशारामा जेन्जीनामबाट अपराध बढेकोले समयमै यसको विरद्ध एमाले कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुुभयो ।
कार्यक्रमलाई नेकपा उमाले बागमति प्रदश कमिटि सदस्य धनबहादुर घले, उमेश थापा, कृष्ण लामा, नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा लगायतले शुुभकामना दिँदै देशलाई मायाँ गर्नेहरु एमाले संगठित हुनुपर्ने र अपराधिकरण र असम्बैधानिक कदमको विरुद्ध एकतावद्ध भएर लड्नुुपर्ने बताउनुुभयो ।
कार्यक्रमकाे अध्यक्षता नेकपा एमाले धादिङ २ नम्बर क्षेत्रिय समन्वय कमिटि संयाेजक भक्त बहादुर लामीछानेले र सहसंयाेजक यज्ञश्वर अर्यालले गर्नुभयाे ।