प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार

प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार

  • Kandara Samachar

  • शनिबार, कार्तिक २, २०८२

  • 76
    SHARES
प्रहरी दिवसमा १५ प्रहरीलाई पुरस्कार
oplus_2

धादिङ ।
७० औँ प्रहरी दिवसको अबसरमा धादिङ जिल्लाका १५ प्रहरीलाई सम्मानित गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले पुरस्कृत गर्नुभएको हो ।
शान्ति सुरक्षा, अपराध अनुसन्धान नियन्त्रण, कानुन पालना, विपद उघार तथा व्यवस्थापन लगायतका विषयमा उत्कृष्ठ कार्यगरेबापत इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक विकास थापा लगायतका १५ जना छन् । पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक प्रल्हाद सिलवाल, राजुप्रसाद ढकाल, नन्दराज जैसी, प्रहरी नायव निरिक्षक तेजप्रसाद खरेल, प्रहरी सहायक निरिक्षक दिनेश मण्डल, प्रहरी वरिष्ठ हवलदार रामेश्वर अर्याल, लोक बहादुर लामा, प्रहरी हवल्दार हेमलाल थिङ, प्रहरी सहायक हवलदार हेमन्तबहादुर विष्ट, तारादेबी थनेत, प्रहरी जवान मोहन चौधरी, गायत्री लामा, पिक कार्की रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दहालले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रिजालले सबैखाले राजनीतिक परिवर्तन र आन्दोलनहरुमा क्षति व्यहोर्दै आएको नेपाल प्रहरीले जनताको शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अनराध अनुसन्धान गर्ने, जनतालाई सुरक्षा दिने तथा विपदमा उद्धार गर्ने लगायतका काम जस्तोसुकै कठिन अवस्थामा पनि गरिरहने बताउनुभयो ।
७० औँ प्रहरी दिवसको अवसरमा अम्मर प्रहरी परिवार, अवकासप्राप्त प्रहरी, संचारकर्मी तथा नेपाल प्रहरी सहभागि थियो । अम्मर प्रहरी स्तम्भमा पुष्पगुच्छा चढाएर सम्मान गरिएको कार्यक्रममा प्रहरी दिवसको अबसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । अम्मर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar