धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

  • Kandara Samachar

  • मङ्लबार, अशोज २८, २०८२

  • 66
    SHARES
धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

धादिङ ।
धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ।
डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न  कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा सम्मानित गरिएको हाे ।
बन संरक्षण याेद्धाबाट सम्मानित हुनेहरुमा नीलकण्ठ नगरपालिक-६ का ८६ वर्षीय शेरबहादुर नगरकाेटी, नीलकण्ठ नगरपालिका वडा नम्बर ७ कि ७६ वर्षीया चिनिमायाँ दमिनि, नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का लाेकबहादुर नेपाली, नीलकण्ठ नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय बुद्धि बहादुर नेपाल, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का ८२ वर्षीय विष्णुप्रसाद मिश्र, सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कि ७८ वर्षीया भगवती लम्साल, सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का ७६ वर्षीय चन्द्रबहादुर थापामगर, सिद्धलेक गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीय कृष्णबहादुर सिलवाल रहेका छन् ।
यसैगरि मरणाेपरान्त बन संरक्षण याेद्धाबाट नीलकण्ठ नगरपालिका -१४ का रमादेवी सापकाेटा, नीलकण्ठ नगरपालिका -२ का मानध्वज मगर र हस्तकुमारी नेपाललाई डिभिजन बन कार्यालयले सम्मान गरेकाे छ ।
सम्मानित व्यक्तिहरूले लामो समयदेखि सामुदायिक वन संरक्षण, वृक्षरोपण, वन्यजन्तु संरक्षण, अवैध फडानी नियन्त्रण र जनचेतनामूलक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले “हाम्रो अस्तित्व नै प्रकृतिसँग गाँसिएको छ। वन, पानी र वातावरणलाई जोगाउन सके मात्र भावी पुस्ताले सुरक्षित र स्वस्थ जीवन पाउनेछन्।” सामुदायिक सहभागितामार्फत वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालालाई धादिङ जिल्लामा सामुदायिक वन प्रणालीले वन क्षेत्र विस्तार, वन्यजन्तुको बासस्थान संरक्षण र जलवायु परिवर्तनका असर घटाउन ठुलो योगदान पुर्याइरहेको बताउनुभयाे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले “वन जोगाउने अभियानमा स्थानीय सरकार अगाडि र समुदाय साथमा रहे वन तथा वातावरण संरक्षणमा थप उपलब्धि हासिल गर्न सकिन्छ। यो सम्मानले अरूलाई पनि संरक्षणमा संलग्न हुन प्रेरित गर्नेछ” उहाँले भन्नुभयो ।

त्यस्तै, डिभिजन वन कार्यालय धादिङका वन अधिकृत विष्णु प्रसाद आचार्यले वन संरक्षणमा समाजका अग्रणी व्यक्तिहरूले पुर्याएको योगदान अत्यन्तै प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। “हामीले आज सम्मान गरेका व्यक्तिहरूले वर्षौँदेखि समुदायमा बसेर वन संरक्षणलाई जीवनको अभिन्न अंश बनाएका छन्,” उहाँले भन्नुभयो, “यही समर्पणले हामीलाई वन संरक्षण अभियानलाई थप सशक्त बनाउन हौसला दिने बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar