
धादिङ ।
प्रतिबन्धीत लागुऔषध गाँजा सहित सामाग्री धादिङबाट निकासी हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरीले २ सय १९ किलोग्राम २१ ग्राम गाँजा बरामद गर्दै २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक विकास थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ खटौटी स्थित गोर्खाली होटल अगाडी रोकिराखेको भारतीय नम्बरको बिआर ०१ जिबि ८६५३ नम्बरको मिनि ट्रकमा लुकाइछिपाइ चितवनतर्फ लान लागिएको अवस्थामा सो परिमाणको गाँजा, १ सय २० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ र सवारी साधन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले पत्रकार सम्मेलन गरेर जानकारी दिनुुभयो ।
टाटा मिनिट्रकको क्याबिन पछाडीको ढालामा फल्स बटम बनाइ निकासी गर्न लागिएको अवस्थामा ३० ओटा ससाना पोकामा राखेर गाँजा लैजान लागिएको अवस्थामा बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीले पर्सा जिल्ला बाहुदरमाइ नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय दिननाथ यादव र सोही जिल्ला कालिकामाइ गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय कमल राउत कूर्मिलाई आइतबार लागॐौषत्र सहित पक्राउ गरि जिल्ला अदालतमा पेश गरेकोमा लागुु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुुभयो ।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ४ गैरीगाउँ चौकीटारमा करिब ५० रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नेपाल प्रहरी र शशस्त्र प्रहरीले नष्ट गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र प्रहरी उपरिक्षक रिजालको समेत उसहभागितामा मानिसहरुले लगाएको गाँजा र सार्वजनिक स्थलमा उम्रिएका गाँजा नष्ट गरिएको थियो ।
यसैगरि प्रहरी टोलीले धुनीबेसी नगरपालिका वडा नम्बर ६ धार्केमा प्रतिबन्धीत लागुऔषध पोल्याङ प्रहरीले बरामद गर्दै २ जनाललाई पक्राउ गरेको छ ।
किराञ्चोकबाट काठमाण्डौतर्फ बा प्र ०२ – ०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा २ ओटा पोका बनाइ काठमाण्डौतर्फ लान लागेको अवस्थामा चेकजाँचको क्रममा बरामद गरेको हो । प्रतिबन्धीत लागुऔषध सहित गजुरी गाउँपालिका वडा नम्बर ८ का २२ वर्षीय सोनाम तामाङ र सोही स्थानका २६वर्षीय राजकुमार लोप्चनलाई प्रहरीले पक्राउ गरि लागुऔषध नियन्त्रण ऐन अन्तरगत अनुसन्धान गरिरहेको छ ।