
धादिङ ।
एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ ।
बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी भएकाे शंखादेवि माविका प्रधानाध्यापक तिलक चेपाबताउनुभयाे । उहाँ आफ्नाे विद्यालयका कक्षा १० का पढाइमा राम्राे भएका ५ जना विद्यार्थी सहित परिक्षामा सहभागी हुनुभएकाे छ ।
बेनिघाटराेराङ गाउँपालिका शिक्षा शाखाकाे आयाेजनामा नमुना किसिमकाे काम जिल्लामा पहिलाेपटक भएकाे पाइएकाे हाे ।
अनिबार्य विषय सामाजिक, अङ्ग्रेजी नेपाली, गणित विज्ञानकाे २०/२० प्रतिशतमा परीक्षा गरिएकाे थियाे ।
बेनिघाटरोराङ गाउँपालिकाले शिक्षण, सिकाइ र शैक्षिक सुधारका लागि ८८ बुँदे मार्गचित्र स्वीकृत गरी कार्यान्वयन गरिरहेको र मार्गचित्रको बुँदा नम्बर १ मा ३ दशमलव ६ जिपिए हासिल हुने गरी योजना बनाई कार्यान्वयन गर्ने भन्ने उल्लेख भएअनुसार परीक्षा गरिएकाे गाउँ पलिकाले जनाकारी दिएकाे छ
पालिकाले यश किसिमकाे परीक्षाले विद्यार्थीहरुमा साहस र आँट बढ्न गई अन्यत्र गएर परीक्षा दिने बानीको विकास भइ विद्यालय, विद्यार्थी र अभिभावकलाई थप टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
परिक्षापछिकाे पृष्ठपाेषणले विद्यार्थीलाई अाफ्नाे शैक्षिक स्थितिमा सुधार गर्न टेवा पुग्ने छ ।