जिल्ला स्तरीय वक्तृत्वकलामा नीलकण्ठकि संजिवनी पाेखरेल प्रथम

जिल्ला स्तरीय वक्तृत्वकलामा नीलकण्ठकि संजिवनी पाेखरेल प्रथम

  • Kandara Samachar

  • शुक्रबार, अशोज २४, २०८२

  • 154
    SHARES
जिल्ला स्तरीय वक्तृत्वकलामा नीलकण्ठकि संजिवनी पाेखरेल प्रथम

धादिङ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति” शिर्षक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताका शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।

धादिङका १३ पालिकाका ३२ जना सहभागी प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले प्रथम र इशा थापा द्वितीय हुनुभयाे ।

दुबैजनाको अंक समान भएपछि आयोजकले गोला प्रणाली (लटरी विधि) अपनाउँदै क्रम निर्धारण गरेको थियाे । विजेता बनेसंगै क्रमस  नगद रु ५० हजार र  ३० हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएकाे छ ।

यस्तै गल्छी गाउँपालिकाकी सूचना अधिकारी तृतीय भए संगै रु २० हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नुभएको छ । त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्ध्या बिक चौथो र थाक्रेकी समृद्धि रुपाखेती पाँचौँ स्थानमा परेसंगै क्रमस १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । चौथो र पाँचौँ स्थान पनि अंक बराबर भएपछि गोला प्रणालीमार्फत निर्णय गरिएको थियो ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट छनोट भएका ३२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्देश्य जिल्लाका विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास र सामाजिक विषयप्रति विश्लेषणात्मक सोच विकास गर्नु रहेको समाजका अध्यक्ष खकुरालले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar