असंबैधानिक गतिविधि नराेके कडा प्रतिवाद गर्ने एमाले धादिङकाे चेतावनी

असंबैधानिक गतिविधि नराेके कडा प्रतिवाद गर्ने एमाले धादिङकाे चेतावनी

  • Kandara Samachar

  • बुधबार, अशोज २२, २०८२

  • 179
    SHARES
असंबैधानिक गतिविधि नराेके कडा प्रतिवाद गर्ने एमाले धादिङकाे चेतावनी

धादिङ

 असंवैधानिक गतिविधि नरोकिए नेकपा एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने भएकाे छ ।

एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले नेकपा एमालेका  अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा डर र त्रास फैलाउने तथा एमालेको तेजबोध गर्ने जस्ता हर्कतहरू गरिरहेको उल्लेख गरेको छ । विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले यदि यस्ता असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् । ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उनले भने ।

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् । ‘कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ’ उनले भने ।

अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar