
धादिङ ।
उत्तरी धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर -५ थापाकटेरीमा छोराले आफ्नै आमाको हत्या गरेको छ ।
३० वर्षीय यमबहादुर कँडेलले खुँडा हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयाे।
घटनाकाे सूचना लगत्तै घटनास्थल पुगेकाे प्रहरी टाेलीले आमाकाे हत्या आराेपित यमबहादुर कंडेललाई आइतबार राति ९ बजे पक्राउ गरेकाे थियाे ।
प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयाे।
आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयाे ।
घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुजुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि धादिङ अस्पताल लगिएकाे छ ।
आमाले दुख दिएकाे बताउने आराेपित जेन्जी आन्दोलनकाे समयमा प्रहरीमाथी हातपात गरेकाे समेत स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।
आराेपित स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार समेत हुन् ।