इलाम पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ३४ पुग्यो, ४ बेपत्ता

इलाम पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ३४ पुग्यो, ४ बेपत्ता

  • Kandara Samachar

  • आइतवार, अशोज १९, २०८२

  • 123
    SHARES
इलाम पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ३४ पुग्यो, ४ बेपत्ता

काठमाडौं  । 

अविरल वर्षापछि आएको भीषण पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। इलाम जिल्ला प्रशासन कार्यालयका प्रारम्भिक विवरणअनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम जारी छ।

जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालका अनुसार ९असोज १९ गते दिउँसो १ बजे सम्म० विभिन्न पालिकाहरूमा मृत्यु र बेपत्ताको विवरण यस प्रकार रहेको छः

सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ: ५ जनाको मृत्यु

इलाम नगरपालिका–६, घसो : ६ जनाको मृत्यु, बालनगाउँ:  १ जना बेपत्ता

सन्दकपुर गाउँपालिका : ४ जनाको मृत्यु, २ जना बेपत्ता

माङ्सेबुङ गाउँपालिका : ३ जनाको मृत्यु

देउमाई नगरपालिका : ८ जनाको मृत्यु

माइजोगमाई गाउँपालिका:  ७ जनाको मृत्यु, १ जना बेपत्ता

फाकफोकथुम गाउँपालिका :  १ जनाको मृत्यु

सिडिओ नेपालका अनुसार उद्धार र राहत कार्य निरन्तर जारी रहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन्।

सडक अवरुद्ध र मौसम प्रतिकूल भएपछि उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। प्रशासनले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

( रेडियाे नेपाल)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar