पृथ्वीराजमार्गकाे धादिङ खण्डकाे विभिन्न स्थानमा अवराेध

पृथ्वीराजमार्गकाे धादिङ खण्डकाे विभिन्न स्थानमा अवराेध

  • Kandara Samachar

  • आइतवार, अशोज १९, २०८२

  • 145
    SHARES
पृथ्वीराजमार्गकाे धादिङ खण्डकाे विभिन्न स्थानमा अवराेध

नानु कार्की /धादिङ ।

२ दिनदेखिकाे अविरल वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ ।

जिल्ला धादिङ वेनिघाट रोराङ गाउँपालिका वडा नं.९   ज्यामिरे घाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेले यातायात दुईतर्फी बन्द भएकाे र खुलाउने प्रयास भईरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।

धादिङकाे थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी गाउँपालिका–६ जहरेखेत र बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलास्थित पृथ्वीलोकमार्गमा माथिबाट पहिरो खसेर सडक एकतर्फी अवरुद्ध रहेको प्रशासनले जनाएको छ । दुईतर्फी आवागमन खुलाउन प्रयास भइरहेको पनि जानकारी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा र काम परेका व्यक्तिहरूलाई भने स्थानीय सुरक्षा निकायसँग समन्वय गरी आवतजावत गर्न अनुरोध गरेको छ ।

राजमार्गमा यातायात संचालन नगर्न नरन्तर सूचना जारी गर्दै याताायात साधन ठाउँ ठाउँमा राेकिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar