जवाङखाेलामा पहिराे खस्दा पृथ्वी राजमार्ग दुइतर्फी बन्द

जवाङखाेलामा पहिराे खस्दा पृथ्वी राजमार्ग दुइतर्फी बन्द

  • Kandara Samachar

  • शनिबार, अशोज १८, २०८२

  • 566
    SHARES
जवाङखाेलामा पहिराे खस्दा पृथ्वी राजमार्ग दुइतर्फी बन्द

नानु कार्की/ धादिङ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।

मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।

बन्द भएकाे सडक पहिराे हटाएर एकतर्फी सुरु गरिएकाे भएपनि पुन: पहिराे खस्दा राजमार्ग दुइतर्फी बन्द भएकाे छ ।

रातीकाे समयमा सवारी साधन राेकिएकाे कारण कुनै क्षतिहुन पाएन ।

राजमार्ग क्षेत्रमा लगातार वर्षा भईरहेकाेले पहिराे पन्छाउन समस्या परेकाे छ । राजमार्ग क्षेशत्रमा सवारी साधन राेकिएकाे छ ।

-(पहिला खिचिएकाे फाेटाे)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar