
धादिङ ।
सरकारले ल्याएको भु उपयोग निति अनुसार सबै स्थानीय सरकारले जग्गाको वर्गिकरण गर्नु पर्ने व्यवस्था भएको २ वर्ष वितिसक्दा पनि धादिङका तिन गाउँपलिकाले अझै पनि जग्गाको वर्गिकरण गरेका छैनन् ।
जग्गाको वर्गिकरण नभएका कारण जग्गाको कित्ताकाट दभएको छैन । भने मूल्यांकन समेत नहुँदा भु उपयोगमा जग्गाधनीहरुले भु उपयोगमा समस्या भोग्दै आएका छन् ।
धादिङको ज्वालामूखी गाउँपलिका, नेत्रावती डबजोङ गाउँपालिका र रुबीभ्याली गाउँपालिकाले जग्गाको वर्गिकरण नभएको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत मनोजकुमार पोखरेलले जानकारी दिनुभभयो ।
निजामति सेवा दिवसको अबसरमा मालपोत कार्यालयमामा लेखापढी लेखापढी व्यवसायिलालाई भु सेवाकेन्द्रको प्रमाणपत्र तथा परिचयपत्र वितरण कार्यक्रमको अबसरमा जनताले समस्या भोगिरहेको अवस्थामा व्यवस्थापकीय रुपले समस्या समाधान गर्ने पनि पोखरेलले बताउनुभयो ।
५४ भु सेवा केन्द्रको प्रमाणपत्र वितरण र ६६ जनाको परिचयपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवदीले स्थानीय सरकारको तर्फबाट वडाबाट गरिने सिफारिसमा एकरुपता ल्याउु पर्नेमा जोड दिँदै मालपोतको व्यवसायिक धर्म अनुसार लेखापढीको दररेट अनुसार मात्र शुल्क लिने व्यवस्थापन गर्न आग्रह गर्नुभयो । भु सेवा केन्द्र संचालकको अनुमति संगै परिचयपत्र वितरण गरिएपछि मालपोत कार्यलयमा पहिचान हुने भन्दै कार्यालयलाई सहयोग पुर्याउँदै मर्यादा बढाउनेगरि सहकार्य गरेर काम गर्ने नेपाल लेखापढी व्यवसायि कानून व्यवसायि संघ धादिङका अध्यक्ष नवराज सिलवालले बताउनुभयो । आर्थिक वर्ष ०८१।८२ मा रजिष्ट्रशन बाट १७ करोड ४७ लाख ६० हजार २ सय ६८ रुपैयाँ, पूँजीगत लाभकरबाट १२ करोड २३ लाख १० हजार ८ सय पचास गरि २९ करोढ ७० लाख ७१ हजार १ सय १८ रुपैयाँ राजश्व संकलन गरेको मालपोत कार्यलयले जनएको छ ।
मालपोतकार्यालयले सबै वडाहरुमा पालिकाको समन्वयमा वडाअध्यक्ष र वडा सचिवलाई मालपोतमा गरिने सिफारिसहरुको अभिमूखिकरण गर्न योजना बनाइएको र लेखापढी व्यवसायिका लागि समेत तालिम सुंचालन गरिने प्रमुख मालपोत अधिकृत पोखरेलले बताउनुभयो ।