गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

  • Kandara Samachar

  • सोमवार, भदौ १६, २०८२

  • 85
    SHARES
गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

धादिङ

गजुरी  गाउँपालिकाकाे गाउँ सभा सदस्यमाथी अपमानित हुनेगरि बजेट सम्साेधन गरि राताे किताव प्रकाशन गरिएकाेमा गाउँ पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आपत्ति जनाउनुभएकाे छ । गाउँ पालिकाले प्रकाशन गरेकाे राताे कितावका सम्बन्धमा गाउँ पालिका उपाध्यक्ष बिसुरालले प्रेस विज्ञप्ति प्रकाशन गरेर आपत्ति जनाउनुभएकाे हाे ।

गत १० असारमा गाउँसभामार्फत ल्याइएको बजेटभन्दा बेग्लै शीर्षक र योजनाहरू थपेर गाउँपालिकाको बजेट किताब छापिएको भन्दै गाउँपालिका उपाध्यक्ष बिसुरालले विरोध जनाउनुभएकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष विसुरालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तकमा प्रस्तुत रकम र गाउँसभामा पारित रकमबीच फरक देखिएको भन्दै आपत्ति जनाएकी छन् ।

मिति २०८२ असार १० गते सम्पन्न १६ औं गाउँसभाबाट ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट पारित भए पनि, बजेट पुस्तक छाप्ने क्रममा करिब ३ करोड ७ लाख रुपैयाँ थप गरी ७० करोड २९ लाख २ हजार ८ सय बनाइएको विसुरालको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गाउँसभा सदस्यलाई जानकारी नै नदिई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा बजेट रकम परिवर्तन गरिएको हो ।

उपाध्यक्ष विसुरालले गाउँसभामा प्रस्तुत तथ्याङ्क परिवर्तन गर्नु कार्यपालिका बैठक वा कुनै व्यक्ति विशेषको अधिकार नभएको उल्लेख गर्दै यो कदमलाई “गाउँसभा सदस्यको अपमान” भएको बताउनुभयाे । साथै, आफ्नै सहमति बिना बजेट पुस्तकमा हस्ताक्षर प्रयोग गरी शुभकामना सन्देश प्रकाशित गरिएको आरोप पनि बिसुरालकाे छ ।

“राजनीतिक आस्थाका कारण महिला जनप्रतिनिधिलाई अपमान र असहयोग गर्ने प्रवृत्ति बढिरहेको छ, जुन आम महिला समुदाय र गजुरीवासी जनताप्रति अन्याय हो,” विसुरालले विज्ञप्तिमा उल्लेख छ ।

वडाअध्यक्षसँग छलफल गर्नुका साथै उपाध्यक्षलाई जानकारी दिएरै ६७ करोडबाट बजेट ७० करोड बनाएको स्वीकार गर्दै अध्यक्ष गणेशलाल श्रेष्ठले संघ र प्रदेशबाट आउने बजेट असारको अन्तिममा आउने र अघिल्लो वर्षहरूमा जस्तै यसवर्ष पनि अल्या गरेर बजेट थप गरी किताब प्रकाशित गरिएको बताउनुभयाे ।

उपाध्यक्षलाई गाउँपालिकाबाट पर्याप्त सेवा-सुविधा दिइरहे पनि पटकपटक अध्यक्षको विरोध गरिरहेको आरोपसमेत श्रेष्ठको छ ।

गजुरी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष नेपाली कांग्रेसकी हुन् । यो पालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो ।

गत १९ साउनमा अध्यक्ष श्रेष्ठले विदेश गएका बेला आफू निकटका वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिएपछि विवाद चर्किएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar