प्रयास नेपाल धादिङको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण

प्रयास नेपाल धादिङको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण

  • Kandara Samachar

  • सोमवार, भदौ १६, २०८२

  • 114
    SHARES
प्रयास नेपाल धादिङको वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण
oplus_0

धादिङ

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम साेमबार धादिङबेसीमा सम्पन्न भएको छ । साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाा माझीले उद्घाटन गर्नु भएकाे जिल्ला स्तरीय सामाजिक लेखा परीक्षण तथा २४ औं वार्षिक साधारण सभामा संस्थाको आ.व. ०८१/०८२ काे प्रगति समिक्षा गरिएको हो ।

प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा ११ वटा गाउँपालिका र २ वटा नगरपालिका गरि १३ वटै स्थानीय तहहरुमा परियोजना सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक दामोदर अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।

२४ औं वार्षिक साधारणसभाले संस्थाको आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि निति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा विद्यालयका शिक्षक, बालक्लबका भाइबहिनी, बाल विकास सहजकर्ता, सरोकारवाला नियकाय, परियोजनाबाट लाभान्वित समुदाय तथा अभिभावकहरुले प्रयास नेपालले सञ्चालन गरेको परियोजनाका क्रममा गरेका कामको खुलेरै प्रशंसा गर्दै सुझाव तथा सल्लाह दिएका छन् ।

परियोजना सञ्चालनपछि विद्यालय तथा समाजमा अतुलनिय परिवर्तन देखिएको सहभागीहरुले बताएका छन् । शैक्षिक गुणस्तर, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक न्याय, बालबालिकाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी, विपद् जोखिम न्यूनिकरण तथा सुशासन लगायतका क्षेत्रमा उल्लेखनिय परिवर्तन भएको सहभागीहरुले बताए ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा स्थानीय सरकार, वडा वा समुदायसँग परियोजना संचालनका क्रममा समन्वय तथा सहकार्यको अवस्था, प्रशासनिक खर्च र प्रत्यक्ष समुदायमा भएको खर्चको अनुपात, अघिल्लो वर्षहरुमा सामाजिक लेखा परीक्षणमा उठाइएका सुझावहरूको कार्यान्वयनको अवस्था, चालु आर्थिक वर्षका लागि संस्थाले ल्याएका योजना र सुधारका कार्यक्रम, चेपाङ समुदाय लक्षित कार्यक्रम लगायत जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरुले प्रयास नेपालले संचालन गरेको परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन आएको बताएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले सम्बोधन गर्नुुभयाे ।

सामाजिक लेखा परिक्षण पत्रकार डा. मुरारी अधिकारी र अर्जुन श्रेष्ठले गर्नुभयाे । कार्यक्रमकाे अवसरमा उत्कृष्ट कर्मचारी कविता सापकाेटा प्रमाण पत्र, मेडल तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

प्रयास नेपालले सामाजिक रुपान्तरण र दिगो विकासमा ठूलो योगदान गरेको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझीले बताउनुभयाे । कार्यक्रमको उद्द्धाटन समारोहको सम्बोधन गर्दै माझीले प्रयास नेपालको सामाजिक परिवर्तन र रुपान्तरणको प्रयास सफल रहेको बताउनुभएकाे छ ।

नागरिकको सेवा र सन्तुष्टिमा प्रयास नेपालले देखाएको जागरुकता साच्चै प्रशंसनीय छ । हामी सबैले मिलेर आगामी दिनमा प्रयास नेपाललाई आहा बनाउन लागौं’ उहाँले भन्नुभयाे।

प्रतिनिधि सभाका सदस्य तारा लामा, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अभिकारी, उपप्रमुख कुलमान विश्वकर्मा, गंगा जमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, वडा अध्यक्ष लगायत अतिथिहरुले प्रयास नेपालको २३ वर्षे यात्राको प्रशंसा गर्दै आगामी सुनौलो दिनको शुभकामना दिनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar