
धादिङ ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङको वार्षिक समिक्षा र अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्षभरी शिक्षा विकास तथा समन्वय इकाइले संचालन गरेका कार्यक्रमको छलफल र प्रगति समिक्षा गरिएको थियो । कार्यक्रममा स्थानीय पालिकाहरुमा हुने सरुवा, शिक्षक आवस्यकता तथा परिक्षामा शिक्षा विकास तथा समन्वय इकाइसंग समन्वय गर्ने विषयमा छलफल गरिएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी शाखा अधिकृत चन्द्रिका मल्ल ठकुरीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति गठन, उनिहरुको अभिमूखिकरण, प्रधानाध्यापक व्यवस्थापन, पालिका र अन्तरपालिका असल अभ्यास, दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, विद्यालय खाजा, उपचारात्मक सुपरिवेक्षण, सेनेटरी प्यड व्यवस्थापन, लगायतको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा धादिङका १३ पालिकाका शिक्षाशाखा प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए ।
धादिङ जिल्लामा सामुदायिक विद्यालय ५ सय १२ र संस्थागत ४५ विद्यालय रहेका छन् । २०८१ मा सामुदायिक तर्फ बालविकासदेखि कक्षा १० सम्म ७१ हजार ४ सय ५९ जना विर्थी थिए भने संस्थागततर्फ बालविकासदेखि कक्षा १० सम्म १४ हजार ५९ जना विद्यार्थी रहेका छन् । ०८२ मा सामुदायिक तर्फ बालविकासदेखि कक्षा १० सम्म ६५ हजार २ सय १९ विद्यार्थी भर्ना भएका छन् । यसैगरि संस्थागत तर्फ बालविकासदेखि कक्षा १० सम्म १३ हजार ६ सय ९० विद्यार्थी रहेको सूचनाअधिकारी मल्ल ठकुरीले जानकारी दिनुभयो ।