लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा ७३ जनाले रक्तदान गरे

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा ७३ जनाले रक्तदान गरे

  • Kandara Samachar

  • मङ्लबार, भदौ १०, २०८२

  • 258
    SHARES
लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा ७३ जनाले  रक्तदान गरे
oplus_0

धादिङ

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा एक दिवसीय बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर इन्स्योरेन्स र भैरवी इन्टरप्राइजेजको सहकार्यमा सम्पन्न गरिएको हो।

कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथिको रूपमा सहभागी थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar