नि: शुल्क स्वास्थ्य शिविरमा दमका विरामीलाई राेटा हेलर वितरण

नि: शुल्क स्वास्थ्य शिविरमा दमका विरामीलाई राेटा हेलर वितरण

  • Kandara Samachar

  • आइतवार, साउन ५, २०८२

  • 307
    SHARES
नि: शुल्क स्वास्थ्य शिविरमा दमका विरामीलाई राेटा हेलर वितरण

धादिङ

वृद्ध अवस्थामा बढी मात्रामा देखिने दमका राेगिहरुले गाउँमै सेवा र औषधी पाएपछि खुसिमात्र भएनन्

उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र आयाेजकलाई भरपुर आशिष दिए ।

उमेरले ७० पुग्नु भएका पम्फा चेपाङ पैसा अभावमा उपचार गराउन नपाएर घरमै हुनुहुन्थ्यो । निशुल्क उपचार पाउने भएपछि उपचार सेवा लिन अाउनुभयाे । डाक्टरले जाँचे र निशुल्क अाैषधी दिए । डाक्टरलाई अासिर्वाद दिएर घर जानुभयाे । पम्फा जस्ता गरिवहरुले उपचार सेवा गाउँमा पाएपछि खुसि छन् ।

दमका राेगिहरु गरिबीका कारण अस्पताल जान नसकेकाहरुले सेवा र उपचार पाएका थिए ।

औषधी र उपचारका लागि आवस्यक सामाग्री सहित गजुरी गाउँपालिका–६ स्थित भानुभक्त मा.वि मा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा सेवा लिनेहरु सबै गरिबीको चपेटामा परेकाहरु रहेकाे आयाेजक लायन्स क्लब अफ काठमाडौ सूर्यमूखीका अध्यक्ष विक्रम विकले बताउनुभयाे ।

निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविरमा करीब ४ सय १ जनालाई निशुल्क औषधी वितरण, ४८ जनालाई डेन्टल उपचार सेवा सहित मञ्जन र ब्रश प्रादना गरिएकाे थियाे ।

शिविरमा दमले ग्रसित ३८ जना बिरामीहरूको पहिचान गरी  विरामीहरुलाई श्वास प्रश्वास गर्न सजिलो बनाउने रोटा हेलर वितरण गरिएको थियो।

विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । जसअन्तरगत ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग र ६ जनाले ईसिजी सेवा लिएका छन् ।

शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स्रे सेवा प्रदान गर्नुका साथै नि:शुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक डा.दिनेश रेग्मीले  जानकारी दिनुभयो । आफ्नै ठाउँमा निशुल्क स्वास्थ्य परिक्षण गर्न पाएकोमा नागरिकहरु खुशी भएका छन् ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar