बेनिघाट राेराङ- ८ नम्बर वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने प्रतिवद्धता

बेनिघाट राेराङ- ८ नम्बर वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने प्रतिवद्धता

  • Kandara Samachar

  • बुधबार, असार २५, २०८२

  • 63
    SHARES
बेनिघाट राेराङ- ८ नम्बर वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने प्रतिवद्धता

धादिङ

बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले वडा सरकारकार वालमैत्री वडा बनाउन लागिपर्ने बताउनुभयाे ।

वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष श्रेष्ठले  समाजलाई सचेत पार्दै वडामा बालमैत्री वातावरण बनाउन सराेकारवालाहरुसंग मिलेर लागि पर्ने, शिक्षामा बालबालिकाकाे पहुँच बनाउन उपायहरु अपनाउने बताउनुभयाे ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ बिदाङमा  भएकाे वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रममा बालक्लव, अभिभावक, शिक्षक, वडा सरकारका प्रतिनिहरुले  सबैकाे सहकार्यमा वडालाई बालअधिकार, शिक्षामा पहुँच, सिकाइ उपलब्धीमा  वृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

 कार्यक्रम “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत  आर्थिक वर्ष २०८१/०८२ मा वडा नं. ८  मा सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरूको कार्यान्वयन प्रक्रिया, लक्षित सहभागी, हासिल उपलब्धि, दिगोपनको योजना तथा खर्च  विवरण सहित सबै सरोकारवाला बीच साझा गर्दै सुझाव संकलन गर्ने, मूल्यांकन गर्ने, र पारदर्शिता, जवाफदेहिता तथा सुसासनका आधारभूत मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा  वडाध्यक्ष राजकुमार श्रेठ,वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, बाल क्लबका सदस्यहरू, शिक्षक, अभिभावक, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कबिराम वाठा  मगर, स्पोन्सरशिप संयोजक श्रीकान्त लुइटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजना प्रबन्धक, लेखा तथा प्रशासन सहायक, फिल्ड कार्यक्रम अधिकृत ,रेडियो राजमार्गका शिवराज आचार्य लगायत गरी  ४३ जनाको उपस्थिति रहेको कार्यक्रम  परियोजना व्यवस्थापक सन्तोष सत्यालले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई  आगामी वर्षको कार्ययोजना तयार गर्दा  बिशेष महत्व दिईने र नतिजामुखि काममा केन्द्रित भएर सहकार्य गरिने प्रयास नेपालका कार्यकारी निर्देशकले प्रतिबद्धता गर्नु भयो ।  प्रयास नेपाल,धादिङ चाईल्ड फण्ड जापानको साझेदारीता तथा गाउँपालिकाको समन्वयमा बेनिघाटरोराङ गाउँपालिकाका  वडा नं ६’८ र १० मा अविस्थत १९ सामुदायिक विद्यालयहरुमा शैक्षिक  सुधार केन्द्रित  कार्यक्रम विगत २ बर्ष देखि संचालनमा  रहेको छ ।  स्थानीय स्तरमा राम्रो समनवय तथा सहकार्यमा कार्यक्रम र गतिविधिहरूमा  उपलब्धिमुलक भई प्रशंसा रहेकोमा सबैलाई धन्यवाद  दिदै  भविष्यमा समेत सबै बिद्यालय र समुदायबाट निरन्तर सहयोग रहने विश्वास रहेको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बताउनु भयो । कार्यक्रममा प्राप्त सुझावहरु संस्थागत रुपमा आवस्यकताकाे आधारमा संस्थागत क्षमता अनुसार कार्यक्रम गर्ने प्रतिवद्धता  प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले व्यक्तगर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar