भुकम्पले हल्लाएकाे  विद्यालयमा १० वर्षदेखि “टेकाे” लगायर  पठनपाठन

भुकम्पले हल्लाएकाे  विद्यालयमा १० वर्षदेखि “टेकाे” लगायर  पठनपाठन

  • Kandara Samachar

  • बिहिबार, असार १९, २०८२

  • 116
    SHARES
भुकम्पले हल्लाएकाे  विद्यालयमा १० वर्षदेखि “टेकाे” लगायर  पठनपाठन

नानु कार्की/धादिङ । 

२०७२ बैशाख १२ काे भुकम्पले थिलथिलाे पारेर जाेखिमपूर्ण भएकाे विद्यालय भवनमा अहिलेपनि पढाइ संचालन भईरहेकाे छ ।दक्षिणी धादिङकाे   बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभन्ज्याङमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अहिले पनि चर्किएकै भवनबाट बालबालिका पढाउन बाध्य छ विद्यालय ।

यति ठुलाे भवन बनाउन स्थानीय सरकारसंग क्षमता छैन । दातृ निकायलाई अवस्था दर्साएर अनुराेध गर्दा १० वर्ष भईसक्दापनि विद्यार्थी जाेखिम भवनमा बसेर पढ्न बाध्य छन् ।

  फुटेको पर्खाल, चुहिने र चिरा परेको ढलानमुनि जोखिम मोलेर ३०० भन्दा बढी बालबालिकाले दैनिक अध्ययन गरिरहेका छन् । १० कोठे भवन थिलथिलो भएको छ । फलामको टेकोले अड्याएर राखिएको छ तर पुननिर्माणको आशामा दशकदेखि कुर्दा कुर्दा अभिभावक र विद्थी समेत थाकिसकेका छन् ।

 स्थानीय अभिभावक डोल्मा कुमारी चेपाङ भन्छिन् “हामीले यही विद्यालयबाट बालबच्चाको भविष्य खोजेका हौ तर सानो मौसमी बदली हुँदा पनि २०७२ सालको त्रासले सताउँछ” ।

जिल्लामा बिपतमा परेका संरचना निर्माणको लागि डिएलपिआईपी खडा गरेर बिद्यालय निर्माण भए तर बेनिघाट रोराङ १० खोरभञ्ज्याङको भत्किएको १० कोठे भवन निर्माणमा कुनै चासो दिईएन जिर्ण वन्दै गैरहेको संरचना कति खेर भत्कने हो भन्ने त्रासमा शिक्षक बिद्यार्थी अभिभावक सधै चिन्तीत रहनु पर्ने बाध्यतामा छ ।

 गत वर्ष प्रदेश सरकारबाट भौतिक सबलिकरण अन्तर्गत ८ लाख बजेट विनियोजन भएको थियो । पिल्लर उठाएर राखिएको छ तर उक्त भवन बनाउन कहि कतैबाट सहयोग पाउन सकिएन ।

गाउपालिकाले ममर्मत गरेर पानी चुहिन छाडेपनि ठुलाे भवन अाफैँले बनाउने क्षमता नभएकाेले प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा पनि हालसम्म पनि टेकाे लगाएर विद्यार्थी पढ्नु परेकाे गाउँ पालिका अध्यक्ष  कृष्णबहादुर  थपलिया  (विवेक) ले बताउनुभयाे ।

यो क्षेत्रबाट संघीय र प्रदेश तहमा मन्त्री बनेका नेताहरुले पटकपटक विद्यालय पुननिर्माणको वाचा गरेका थिए ।

गाउँमा भाेटमाग्न आउँदा भवन बनाउँन सघाउँछु भनेर भाेट मागेका थिए तर काम नगरेपछि विद्यार्थीहरु टेका लगाएकाे जाेखिमपुर्ण भवनमा बसेर पढ्न बाध्य छन् ।

भुकम्प गएपछि विद्यालय अनुगमनमा क्षतिकाे अवस्था बुझ्न आएकाे टाेलीले भवन जाेखिम छ भनेर राताे स्टिकर टाँसेकाे थियाे । जिर्ण भवनकाे १० काेठा मध्ये ८  काेठामा विद्यार्थी पढ्छन् । २ काेठामा अफिस संचालन गरिएकाे छ । धेरैजसाे काेठामा पानी चुहिने भएपछि गाउँ पालिकाकाे सहयाेगमा मर्मत गरेर पानी चुहिन राेकिएकाे छ । कक्षा ९ र १० लाईभित्रबाट टेका लगाएर अड्याइएकाे छ । यहि काेठामा १० वर्षदेखि विद्यार्थी पढिरहेकाे प्रधानाध्यापक गणेश अर्यालले बताउनुभयाे  ।

 संघीय सांसद राजेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेल, हालका गरिबी निवारण मन्त्री मधु श्रेष्ठजस्ता नेताहरुले “यस पटक बजेट पर्छ” भन्ने वचन दिएका थिए तर चालु आर्थिक वर्षको बजेटमा याेजना नै परेन । पूर्वमन्त्री पाण्डेले विद्यालयमै आएर विद्यार्थी सुरक्षित हुने भवन बनाउने वचन दिएपनि भाेटलिएर चुनाव जितेपछि जनताले गरेकाे माग सुनुवाई नै नगरेकाे अभिभावकहरुकाे भनाई छ ।

  आश्वासन मात्र दिने काम नगर्ने गरेको र विद्यालयप्रति उपेक्षा गरिएको विद्यालयका शिक्षकरुकाे आक्राेश छ ।

 बेनिघाट रोराङ गाउँपालिकामा प्रदेश सरकारको श्रोत राम्रै मात्रामा पुगेको देखिन्छ तर वडा नं १० मा रहेको यो विद्यालयजस्तो आधारभुत आवश्यकताको संरचना भने छुटाईएको छ ।

बेनिघाटराेराङ गाउँपालिकाले टेका लगाईएकाेभवनकाे मर्मत गर्न सघाएकाे छ । तर विद्यालय भवन निर्माणमा काम गर्ने र गरिरहेका निकायहरु भने चर्का कुरा गरे पनि काम नगरेकाे पाईएकाे छ ।

अनावश्यक योजनामा बजेट परेको छ तर जोखिममा परेका बालबालिकाको विद्यालयमा सरकार र सरोकारवालाको आँखा किन नपुगेको ? भन्ने प्रश्न आम समुदायको छ ।

यस विद्यालयमा अध्ययनरत करिब ८० प्रतिशत विद्यार्थीहरु सिमान्कृत चेपाङ,दलित र अन्य विपन्न समुदायबाट आएका छन् । सुरक्षित शिक्षा पाउने संवैधानिक मौलिक हक उनीहरुको हक मात्रै होईन, राज्यको जिम्मेवारी पनि हो ।

 “ खचाखच भरिएका कक्षाकोठा, चुहिने ढलान, जोखिमयुक्त संरचना देख्दा गणतन्त्रको अनुभूति जनताले कसरी गर्ने? राज्यका निकायहरु जिम्मेवार बन्नैपर्छ” शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक गोकर्ण रुपाखेतीले बताउनुभयाे ।

 सुरक्षित शिक्षा सुनिश्चित गर्न सरकार, दातृ निकाय र सबै सरोकारवालासंग सहयोगको अपिल गर्नुभएकाे छ

राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कति वर्ष पढ्नुपर्ने हो त्यो जोखिमपुर्ण भवनमा? अनि कहिले आउँछ सुरक्षित वातावरणमा कुनै त्रास विना ढुक्क साथ शिक्षा आर्जन गर्न पाउने अधिकार ?


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar