बागमति प्रदेशमै पहिलो पटक नीलकण्ठमा समूदाय विपद स्वयंसेवकलाई तालिम,

बागमति प्रदेशमै पहिलो पटक नीलकण्ठमा समूदाय विपद स्वयंसेवकलाई तालिम,

  • Kandara Samachar

  • सोमवार, असार १६, २०८२

  • 79
    SHARES
बागमति प्रदेशमै  पहिलो पटक नीलकण्ठमा समूदाय विपद स्वयंसेवकलाई तालिम,

धादिङ
धादिङको नीलकण्ठ नगरपालिकाले बागमति प्रदेशमै पहिलो पटक समुदाय विपद स्वयंसेवक तालिम संचालन गरेको छ ।
मनसुनजन्य विपदको जोखिम गत वर्षको भन्दा बढी रहेको पक्षेपण भएकोले यसको पूर्व सन्ध्यामा मनसुन पूर्व तायरीका लागि खोजी, उद्धार, प्राथमिक उपचार लगायतका विषयमा समावेश तालिम संचालन गरिएको हो ।
ससस्त्र प्रहरी बल आश्रित गूल्म धादिङबेसीले नीलकण्ठ नगरपालिकाको सहयोगमा नीलकण्ठ नगरपालिका नगर प्रहरी, समुदायिक स्वयंसेवक, गृहिणी लगायतको गरि २५ जनाको सहभागितामा तालिम सम्पन्न भएको ससस्त्र प्रहरी बल आश्रित गुल्म धादिङका प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलियाले जानकारी दिनुभयो ।
तालिम अन्तिम प्रवचन कार्यक्रमको अबसरमा १८ दिने तालिममा पानीबाट उद्धार गर्ने, भुकम्प तथा पहिरोमा हराएका मानिसको खोजी र उद्धार तथा प्रथामिक उपचारबारे प्रशिक्षर्थीहरुलाई सैद्धिान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिम समापन कार्यक्रममा बागमति प्रदेशका मामला तथा कानून मन्त्रि सुरज चन्द्र लामीछानेले बागमति प्रदेश सरकारले सामुलदायिक स्वयंसेवक उत्पादन गर्नका लागि पालिकाहरुलाई मागको आधारमा ५÷५ लाखको दरले उपलब्ध गराउने निति भएपनि चालु वर्षमा धादिङ जिल्लामा गजुरी गाउँपालिकालेमात्र माग गरेको बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले विपदमा परिचालन गरिने राहत तथा सामाग्री परिचालनको निति सरल बनाउनु पर्ने र जिल्लामा आवस्यकता पर्दा खर्च गर्न सकिने किसिमको बनाउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको विपद पूर्व तयारी प्रतिकार्य योजना तथा मनसुनजन्य विपद प्रतिकार्य योजना तयार गरेर तयारी अवस्थामा रहेको बताउँदै राजमार्ग क्षेत्रमा हुनसक्ने जोखिमको ८६ स्थान पहिचान गरिएको र सुरक्षको प्रबन्ध मिलाइएको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar