
धादिङ ।
नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ ।
शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे ।
१९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधानलाई निर्वाचित गरिएकाे नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताउनुभयाे ।
नन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा भएकाे वडा भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य खिलकुमारी तिवारीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।