अमेरुवा हटिया सडकमा अब ज्याकरंदा फुल्ने

अमेरुवा हटिया सडकमा अब ज्याकरंदा फुल्ने

  • Kandara Samachar

  • शनिबार, असार १४, २०८२

  • 173
    SHARES
अमेरुवा हटिया सडकमा अब ज्याकरंदा फुल्ने

धादिङ

राष्ट्रिय वृक्षारोपण दिवसको अबसरमा डिभिजन वन कार्यालय धादिङको आयोजना र निलकन्ठ नगरपालिका वाडा नम्बर ८ को व्यवस्थापनमा निलकन्ठ नगरपालिका  वडा नम्बर ८ रामकोट मार्गमा सडक किनारा वृक्षारोपण गरिएकाे छ ।

कल्की, ज्याकरंदा, छतिउन, कपूर, अशोक, असारे फूल  लगायतका बिरुवा टिगार्ड सहित २ सय र थप एक सय गरि३ सय बिरुवासडक किनारामा राेपिएकाे छ ।

ठुला ६ फिट का बिरुवा सडक किनारामा राेप्दै यसकाे संरक्षण र मनमाेहक अानन्द स्थानीले लिने नीलकण्ठ नगरपालिका ८ नम्बर वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, डिभिजन बन कार्यालय प्रमुख विष्णु आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ धादिङ अध्यक्ष सीताराम अधिकारी, लगायतकाले बिरुवा राेप्नुभएकाे थियाे ।

वृक्षाराेपणमात्र उपलब्धि नभएर यसकाे संरक्षण समुदायकाे दायित्व भएकाेले संरक्षण र उपभाेग गर्न स्थानियबासीलाई डिभिजन बन प्रमुख आचार्यले बताउनुभयाे ।

अमेरुवादेखि हटिया सडकमा काठमाडौमा जसरी ज्याकरंदा सहितकाे फुल फुल्नेछ भने यसलाइ संरक्षण गरेर यसक्षेत्रकाे आकर्षणमा वृद्धि गर्न समेत सघाउ पुग्ने  वडा अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar