धादिङमा  लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसा सचेतनामुलक कार्यक्रम गरि मनाइँदै

धादिङमा  लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसा सचेतनामुलक कार्यक्रम गरि मनाइँदै

  • Kandara Samachar

  • सोमवार, असार ९, २०८२

  • 150
    SHARES
धादिङमा  लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसा सचेतनामुलक कार्यक्रम गरि मनाइँदै

धादिङ

स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध नियन्त्रणमा सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन, २०२५ काे अबसरमा धादिङमा विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाईदै छ ।

 सप्ताहब्यापी रुपमा   जिल्ला प्रशासन कार्यालय, धादिङले कार्यक्रम आयाेजना गरेकाे छ ।

आइतबार धादिङबेसीमा  प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेकाे अध्यक्षतामा बसेकाे  सराेकारवालाहरुकाे   बैठकमा असार १० गते “सामाजिक क्यान्सरकाे रुपमा लागू अाैषधले पार्ने प्रभाव”  शिर्षकमा जिल्लाका मावितहमा   जिल्ला स्तरीय निबन्ध प्रतियाेगिता आयाेजना हुने भएकाे छ।

सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ तथा लागु औषध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल, १३ वटै पालिका गृह मन्त्रालयबाट प्राप्त कार्ययोजना कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

स्थानीय तहसँग समन्वय गरी विद्यालय क्याम्पसमा लागु औषध विरुद्ध सचेतना कक्षा संचालन गर्ने, जिल्लास्तमा लागु औषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि यूवा र समाजको भूमिका विषयमा अन्तर्क्रिया, निबन्ध लेखन प्रतियोगिता गर्ने, जिल्लामा संचालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरूको विवरण उपचाररत संख्या, उपचार पश्चात निको भई घर फर्केकाको संख्या सेवाशुल्क आदि विवरण औषध नियन्त्रण अधिकारी मार्फत सार्वजनिक गर्ने जस्ता कार्यक्रम तय गरिएकाे छ ।

यसैगरि असार १२ गते बिहान ८ बजे  मलेखु माछाबजारबाट प्रभातफेरी  कार्यक्रम आयाेजना गरिकरि रिचाेकटार पेट्राेलपम्पमा पुगेर समापन गरिने कार्यक्रम रहेकाे छ। कार्यक्रममा भ्वाइस अफ नेपालका विजेता प्राेसेस पाण्डेकाे पनि सहभागिता हुने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनिघाट रोराङ, गजुरी र गल्छीका सबै विद्यालयका प्रधानाध्यापकहरुसँग असार १० गते बिहान ८  बजे अन्तरक्रियागर्ने,   होटल व्यवसायीहरुसँग छलफल गरिने, औषधी व्यवसायीहरुलाई लागु औषध बिरुद्ध सचेतनात्मक कार्यक्रम तथा चेतनामूलक सामग्रीहरु वितरण गर्ने कार्यक्रम रहेकाे प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयाे ।

(तस्बिर :सिद्धलेक गाउँ पालिकामा आयाेजित लागुआैषध विरुद्ध सचेतना कार्यक्रममा प्रजिअ घिमिरे)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar