हुग्दीखाेलाकाे पुल प्वाल पर्दा सवारी आवागमन एकतर्फी

हुग्दीखाेलाकाे पुल प्वाल पर्दा सवारी आवागमन एकतर्फी

  • Kandara Samachar

  • आइतवार, असार ८, २०८२

  • 330
    SHARES
हुग्दीखाेलाकाे पुल प्वाल पर्दा सवारी आवागमन एकतर्फी

धादिङ

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला क्षेत्रको पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी  भएको छ।

आज दिउँसो २:४० बजे पुल करिब २.५ इन्च भासिँदा राजमार्गको एकतर्फी भाग बन्द भएको हो। घटनास्थल प्रहरी चौकी जोगिमाराबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।

घटनापछि ट्राफिक व्यवस्थापनका लागि जोगिमारा प्रहरी चौकीबाट प्रहरी निरीक्षक रामशरण बस्नेतको कमाण्डमा पाँचजना ट्राफिकसहितको टोली खटिएको छ। हालसम्म अन्य कुनै अप्रिय घटना वा क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

सावधानीका लागि उक्त स्थानमा सवारी साधनलाई पालोपालो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सुरक्षा र यातायात व्यवस्थापनका लागि थप टोली पठाउने तयारीसमेत भइरहेको स्रोतले जनाएको छ।

पुल प्वाल परेर भएकाे घटनापछि साे स्थानमा सवारी एकतर्फी भएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar