नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

  • Kandara Samachar

  • शनिबार, असार ७, २०८२

  • 248
    SHARES
नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

– नानु कार्की /धादिङ 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ ।

नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गर्नुभयाे ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष त्रिपाठीले पार्टीको संगठन,  सदस्यता तथा जिल्लामा अन्य पार्टीकाे उपस्थितिकाे विश्लेषण सहितकाे  राजनीतिक तथा साँगठनिक प्रतिवेदन पेश  गर्नुभयाे । एमालेले बैंकिङ काराेबारमात्र  गरेकाे, भाैचर  उठाएएकाे र स्पष्ट अार्थिक गतिविधि रहेकाे दुवाडिले जानकारी दिनुभयाे ।

नेकपा एमाले धादिङ लेखा अायाेगका उपाध्यक्ष गाेकर्ण दुवाडीले कार्थिक प्रतिवेदन पेश गर्नुभयाे ।

उद्घाटन समाराेमा नेकपा एमाले केन्द्रीय सदस्य खेम लाेहनी,  जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटि सचिव नवराज सिलवाल लगायतकाे आतिथ्य रहेकाे छ । प्रतिनिधि परिषदमा एमालेका पुराना नेताहरुलाई १३ पालिकाका २७ जनालाई सम्मान गरेकाे नेकपा एमाले सचिव राधिका सापकाेटाले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar