“मर्यादित सहकारी, समुन्नत समाज” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

“मर्यादित सहकारी, समुन्नत समाज” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

  • Kandara Samachar

  • बिहिबार, असार ५, २०८२

  • 89
    SHARES
“मर्यादित सहकारी, समुन्नत समाज” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

धादिङ ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनिघाट रोराङ–३, रिचोकटार मलेखु, धादिङको आयोजनामा “मर्यादित सहकारी, समुन्नत समाज” विषयक शैक्षिक निबन्ध लेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिता संस्थाको प्रधान कार्यालय मलेखुको हलमा आयोजना गरिएको हो। प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) का १० वटा विद्यालयहरूबाट २० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा ब्राईट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल, मलेखुका छात्र रोमन श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भए। त्यस्तै, राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल, चरौंदीका छात्र उम्मिद थपलिया द्वितीय र चन्द्रोदय माध्यमिक विद्यालय, बेनिघाटका छात्र श्रीराम उप्रेती तृतीय भएका छन्।

सान्त्वना पुरस्कार दुई जना विद्यार्थीलाई प्रदान गरिएको छ ।

जलेश्वरी माध्यमिक विद्यालय, सलाङघाटकी छात्रा युना पाण्डे र ब्राईट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल, मलेखुकी छात्रा आश्रीया त्रिपाठी।

प्रतियोगिताले विद्यार्थीहरूमा सहकारी सञ्जालप्रतिको जानकारी विस्तार गर्ने र मर्यादित सहकारी प्रणालीप्रति सजगता बढाउने विश्वास आयोजक संस्थाले लिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar