
धादिङ ।
नेकपा (एमाले) बाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नीलकण्ठ नगरपालिका वडा नमवर १४ का नेताहरू फेरि एमालेमा समाहित भएका छन्।
“एकतामै शक्ति प्राप्त हुन्छ” भन्ने मूल नाराका साथ एमालेबाट अलग रहेका नेकपा समाजवादीका जिल्ला सदस्य अब्जनाथ सापकाेटा समेत एकसय १० जना एमालेमा समाहित हुँदै पुनरमिलन कार्यक्रम अायाेजना गरिएकाे हाे ।
नेकपा समाजवादीकाे नीलकण्ठ नगरपालिका वडा नम्बर १४ र एमालेकाे १४ नम्बर वडा मर्च गरेर एमाल वडा कमिटि समेत बनाईएकाे छ ।
धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकाेटमा आयोजित कार्यक्रम नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, केन्द्रीय सदस्य जानुका सिंखडा, जिल्ला अध्यक्ष भुमिप्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नीलकण्ठ नगर अध्यक्ष काजी श्रेष्ठको लगनयतकाे उपस्थितिमा एमाले समाजवादी मर्च गर्दै पुनरमिलन कार्यक्रम गरिएकाे नेकपा एमाले वडा कमिटि अध्यक्ष बाेधप्रसाद नेपालले बताउनुभयाे ।
कार्यक्रममा वक्ताहरूले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहभन्दा बाहिर जानु राजनीतिक भूल भएको महसुस गरी पुनः एमालेमा फर्किएको बताएका थिए ।। कार्यक्रममा एमालेमा समाहित भएका सबै कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट स्वागत गर्दै अबको दिनमा कुनै पनि परिस्थितिमा विचलित नभई पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न आह्वान गरिएको थियो।
“अब एमाले नीलकण्ठ–१४ मा आफ्नो पुरानो विरासत कायम राख्दै अघि बढ्नेछ,” अध्यक्ष त्रिपाठीले बताउनुभएकाे छ ।
सबैलाई कुनै पनि पूर्वाग्रह नराखी कम्युनिस्ट पार्टीको आचरणमा रहन अनुरोध गरिएको थियो।
यो पुनःएकीकरणले धादिङ जिल्लामा एमालेको सांगठनिक शक्ति थप सुदृढ भएको पार्टी नेतृत्वको विश्वास रहेकाे त्रिपाठीको भनाई छ