
धादिङ ।
धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा वडा नं ६ बाल सञ्जाल प्रथम, वडा नं ७ को सुनौलो भविष्य वडा बाल सञ्जाल द्वितिय र वडा नं ४ मा रहेको सक्षम वडा बाल सञ्जाल तृतिय भएका छन्। प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने सञ्जाललाई पालिका अध्यक्ष र उपाध्यक्षले पुरस्कार वितरण गर्नु भएको थियो ।
श्रद्धा रिमालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष भाईकाजि तिवारी विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका बालमैत्री सहजकर्ता विपिन मल्ल, अतिरिक्त कार्यक्रम संयोजक विशम श्रेष्ठ, वडा बालमैत्री सहजकता बबिता गिरि, सुजिता अधिकारी, संगिता मुक्तान, रेनुका खतिवडा र उर्मिला तामाङ लगायतको सहभागिता रहेको थियो।