नीलकण्ठमा नमूना नगर युवा सभा सुरु

नीलकण्ठमा नमूना नगर युवा सभा सुरु

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ३१, २०८२

  • 115
    SHARES
नीलकण्ठमा नमूना नगर युवा सभा सुरु

धादिङ
नीलकण्ठ नगरपालिकामा युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नमूना नगर युवा सभा सुरु भएको छ ।
शुक्रबार धादिङबेसीमा नीलकण्ठ नगरपालिका उपपमुख दिपक विश्वकर्माले नमूना नगर युवा सभाको उद्घाटन गर्दै राजनीतिक चेतना र सुझबुझ राखेर सकारात्मक रुपमा काम गर्न सके देशमै प्रगति गर्न सकिने बताउनुभयो ।
घाँटीमा झण्डा बाँधेर देशलाई बाइबाइ गर्ने र देशमा केही भएन भनेर गाली गर्ने  होइन, सकारात्मक सोचका साथ काम गर्न सके देशमा अवसर नै अबसर रहेको बताउनुभयो ।
सीप, प्रविधि र जाँगरले युवाहरु उर्जाशील बन्दै काम गर्न आग्रह गर्दै देशलाई राजनीतिक रुपमा परिवर्तन गर्न युवाहरुको आवयकता परेजस्तै विकास र समृद्धिका लागि युवाहरुले यहि बसेर राजनीतिक नेतृत्व गर्दै उद्यमशील बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेतम सुवेदी, नीलकण्ठ नगरपालिका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ नगरपालिका शिक्षा, युवा शाखाका प्रमुख प्रकाशदत्त भट्ट, जिल्ला युवा समितिका अध्यक्ष विनोद रिजाल लगायतले शुभकामना दिँदै युवाहरु शब्दमा मात्र नभएर व्यवहारमा उर्जाशील हुनु पर्ने, अध्यायनलाई कक्षाकोठामा सीमित नगरेर सीप ज्ञान र प्रविधिसंग जोड्दै रोजगारमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar