
धादिङ ।
धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ।
शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन सुनार , सदस्यहरुमा सुशीला घिमिरे, मिना खान ठकुरी, आकृती कट्टेल, उर्मिला श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकाे छ ।
गिता खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे अधिवेशनमा लैंगिकमैत्री बजेट निर्माण गर्न, विभेद भाेगिरहेकाहरुका लागि कार्यक्रम ल्याउन स्थानीय सरकारसंग माग गरेकाे छ ।