
धादिङ
विश्व वातावरण दिवसको अबसर पारेर जिल्ला बन कार्यालयको अगुवाईमा भैरवी मन्दिर परिसरमा वृक्षारोपण र धादिङबेसीमा सरसफाइ अभियान संचालन गरिएको छ ।
विश्व वातावरण दिवसको अबसरमा धार्मिक तथा ऐतिहासिक भैरबी मन्दिर परिसर र सुनौलाबजारमा रहेको भैरबी मावि परिसरमा वृक्षारोपण गरिएको छ ।
फलफुल तथा बनस्पतिका विरुवा रोपिएको नेपाल रेडक्रस सोसाइटीका नारायणकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
डिभिजन बन अधिकृति विष्णु आचार्य, रेडक्रसकर्मी, विद्यदालयका विद्यार्थी शिक्षक लगायतले वृक्षारोपण गरेका थिए ।
यसैगरि विश्व वातावरण दिवसकै अबसरमा धादिङबेसी बजार सरसफाइ गरिएको छ ।
डिभिजन बन कार्यालय, भैरबी बचत तथा ऋण सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी लगायतकाको सहकार्यमा भएको बजार सरसफाइ कार्यक्रम सिरानबजारबाट सुरु भएर पुछारबजार पुगेर सकिएको थियो ।
वातावरण संरक्षण गर्न सके मानव जिवन सम्भव हुने भएकोले सबैले आआफ्नो स्थानबाट वातावरण संरक्षण गर्दै प्लास्टिकजन्य वस्तुको उचित व्यवस्थापन गर्न डिभिजन बन अधिकृत विष्णु आचार्यले आग्रह गर्नुभयो ।