बागमती प्रदेशसभाबाट २ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

बागमती प्रदेशसभाबाट २ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ २१, २०८२

  • 77
    SHARES
बागमती प्रदेशसभाबाट २ वटा उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

हेटौंडा

बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका हुन् ।

सभामुख भुवन कुमार पाठकले दुवै विधेयक निर्णयार्थ पेश गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको घोषणा गरेका थिए । विधेयकमाथिको छलफलका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रतिवेदनसहितको प्रस्ताव पेश गरेकी थिइन् । छलफलका क्रममा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरूले व्यापक रूपमा सहभागिता जनाएका थिए ।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालित उद्योग र व्यवसायहरूलाई अझ सशक्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले संशोधन पश्चात उक्त विद्येयकले औद्योगिक ब्यवसायीहरुलाई आफ्ना ब्यवसायी सञ्चालन गर्नका लागि धेरै सहज हुने भन्दै उद्यमी ब्यवसायीहरु समेत बढ्ने आशा लिएकी छन् ।

उनले विधेयकमार्फत कानुनी जटिलता समाधान भई उद्योगी तथा व्यवसायीका लागि सहज वातावरण तयार हुने दाबी गरिन् । प्रदेश सभा सचिवालयका अनुसार पारित भएका विधेयकहरू प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रमाणीकरण भएपछि कानुनी रूपले ऐन बन्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar