
*कृष्ण दाहाल * काे पाचाैँ स्मृति दिवसकाे सन्दर्भमा
******************************
✍️ बद्रीप्रसाद दहाल
…………………………………………………….
साक्षात् कृष्णसमान सुन्दर सदा अस्तित्ववादी थियाै ।
अघ्घाेरै विनयी र कर्म पथका, सङ्घर्षवादी थियाै ।।
शिक्षाका त धराेहरै गजबका, आदर्श अाै दिव्य थ्याै ।
अध्येता कति शास्त्रमा निपुण भै सद्ज्ञानमा बाेल्दथ्याै !!
**************
मेधावी गुरू अङ्कसूत्र रसिला कण्ठाग्रमा झुन्निदै !
धेरै शिष्य-प्रशिष्यका प्रिय बनी कक्षातिरै हुम्मिदै।
मान्छेका अधिकारका विषयमा, संवादका वाद थ्याै ।।
तिम्राे शिक्षण वा प्रशासन सफा थ्याै शारदा हार थ्याै ।।
************

स्व. कृष्णप्रसाद दहाल
यस्ता हार्दिक नम्र दक्ष प्रतिभा, बाेक्याे अहाे कालले !
राम्रा अस्सल पात्र खाेस्न कसियाे, त्यै राक्षसी सालले ।।
जिज्ञासा कति राख्दथ्याै तुलबुली सिक्ने मजाकाे लत ।
सच्चा मन्त्र दिएर याे अवनिमा अग्ला बन्याै प्रेरक ।।
**************
धेरै लेख्न सकिन्न दाजु अहिले, शाेकाग्निका तापले ।
तिम्रा पाठ्यकला प्रशासन कला, लेख्छन् यिनै हातले ।।
माछाझैँ जलमा डुलेर जनमा, मिल्ने खुबीका तिमी ।
श्रध्दा फूल चढाउँदैछु अहिले, देख्दैछु मात्रै तिमी !!