लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमूखिको अध्यक्षमा विक्रम विश्वकर्मा निर्वाचित

लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमूखिको अध्यक्षमा विक्रम विश्वकर्मा निर्वाचित

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ११, २०८२

  • 310
    SHARES
लाइन्स क्लब अफ काठमाण्डौ सूर्यमूखिको अध्यक्षमा विक्रम विश्वकर्मा निर्वाचित

धादिङ

धादिङ जिल्लालाई सामाजिक सेवाको कार्यक्षेत्र बनाएर विविध गतिविधि संचालन गरिरहेको लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार धादिङबेसीमा सम्पन्न निर्वाचिन कार्यक्रममा २०२५।२६ का लागि लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीले गत वर्ष गरेका कार्यक्रमको समिक्षा गर्दै निर्वाचन सम्पन्न गरेको हो ।
सर्वसम्मत निर्वाचित प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितिय उपाध्यक्षमा डा दिनेश रेग्मी, सचिवमा तारा रिजाल, कोषाध्यक्षमा सुदर्शन गोम्जा, क्लव प्रशासकमा बेदनाथ दनै, क्लब निर्देशक डा. अशोक छ्त्कुली, सेवा निर्देशक पवित्रा लम्साल, क्लव वजार प्रमुखमा गोपाल शर्मा, क्लव सदस्यता प्रमुख जित कुमारी गिरी निर्वाचित हुनुभएको छ ।

सर्वसम्मत निर्वाचित २३ सदसिय कार्यसमितिलाई कार्यक्रममा प्रमुख अतितिी लाइन्स क्लब आफ काठमाण्डौ सूर्यमूखीका चार्टर प्रेसिडेन्ट कविता इटनीले खादामालाले सम्मान गर्दै सेवाभाव र सहयोगि मन लिएर कार्य गर्न आग्रह गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालको अध्इक्षतामा भएको उद्घाटन समारोहको अबसरमा प्रमुख अतिथि इटनी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, लायन्स क्लब अफ काठमाडौं भैरबीका अध्यक्ष कृष्णबद्री पौडेलले शुभकामन व्यक्त गर्दै समाजिक सेवा, पछाडी पारिएकाहरुको लागि काम सरकारकार नपुगेको क्षेत्रमा समेत पुगेर गर्न आग्रह गरिएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar