
धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको देउराली मावि (प्राविधिक शिक्षालय) मा शिक्षकहरुका लागि वर्तमान विद्यालय शिक्षाको सिकाइ उपलब्धि मुल््यांकन अभिलेख सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
देउराली मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रमको नीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
अभिमूखिकरण कार्यक्रमलाई नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाशदत्त भट्टले प्रशिक्षण दिनुभएको थियो ।
चार सत्रमा संचालन भएको प्रशिक्षणमा नीलकण्ठ नगरपालिका वडा नं. ७ र ८ का देउराली मावि, रामकोट मावि, सुनौलो भैरवी मावि, कालिका आवि, र गायत्री देवी आवि का ४२ जना शिक्षकहरु सहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रधानाध्यापक रोहिणि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।